
चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका कैदीहरु फर्कने क्रम जारी छ । बिहीबार सबै कैदी–बन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।
कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार अहिलेसम्म १२६ जना कैदीहरु फर्किएका छन् । उनले भने, ‘बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए ।’ भागेका कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको प्रमुख ढुंगानाले बताए ।
उनले भने, ‘कतिपय सम्पर्कमा हुनुहुन्छ, कारागार आउने क्रम जारी छ ।’ कारागारमा रहेका ४६ जना महिलामध्ये १५ जना आइसकेका छन् । करिब ५० जना भने सम्पर्कमा नआएको उनले जानकारी दिए । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थिए ।
प्रतिक्रिया