नुवाकोटको तारकेश्वर ६ का वडाध्यक्ष रिमालको निधन

काठमाडौँ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष नारायण प्रसाद रिमालको निधन भएको छ । ४५ वर्षीय रिमालको सोमबार बिहान काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा निधन भएको तारकेश्वर गाउँपालिकाले जनाएको छ ।

वडाध्यक्ष रिमालकाे निधनप्रति गाउँपालिकाले दुख व्यक्त्त गरेकाे छ । साेमबार बिहान शोक वक्तव्य जारी गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले पालिकाको विकास, समन्वय र सेवा प्रवाहमा रिमालले पुर्‍याएको योगदानलाई सदैव सम्झिरहने उल्लेख गरेका छन् ।

गाउँकार्यपालिले सोमबारको दिनलाई ‘शोक दिवस’ को रूपमा घोषणा गरिएको छ । आज तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा दिइएको अध्यक्षा अधिकारीले बताए । साथै आज सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया