
काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ श्रमथली माझीटोलका एक ७० वर्षीय वृद्ध गणेश माझी सुनकोशी नदीमा हामफालेपछि बेपत्ता भएका छन् । शनिबार दिउँसो माझीले मलुवा भन्ने स्थानबाट नदीमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
हामफालेको सूचना प्राप्त हुनासाथ पचुवारघाटस्थित इलाका प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
सुनकोशी नदीको बहाव तीव्र र पानीको सतह उच्च भएकाले खोजी कार्यमा चुनौती भए पनि प्रहरी र स्थानीय उद्धार टोली निरन्तर प्रयासरत रहेको इलाका प्रहरी कार्यालय पचुवारघाटले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया