
चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गए राती १२ः३० बजे खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख ३३६५ नम्बर (रात्रिबस) लाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राती १ः१९ बजे मृत्यु भएको हो । बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया