काभ्रेको भुम्लुमा बस दुर्घटना : २३ जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा ब्रेक फेल भएर एक यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार रामेछापको डोरखानीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको बस आज (शनिबार दिउँसो अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो । उक्त बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म घाइते २३ जनाको पहिचान खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि तत्काल धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया