काठमाडाैँ । कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा झरेन्द्रकुमार कवर (अन्जन) सर्वसम्मत निर्वाचित भएका छन् । जापानको ओसाकामा जुन २२, आइतबारका दिन सम्पन समाजको तेस्रो अधिवेशनबाट कवरको अध्यक्षतामा २१ सदस्यीय कान्साई क्षेत्रीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
‘सामाजिक एकता, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा अम्मर सेजुवाल, लोकमान पुनमगर, सुरक्षा शाही, सचिवमा प्रकाश रसाइली (भाबुक), सह-सचिवमा गणेशसिं ठकुरी र तारा रावल, कोषाध्यक्ष नित्या खड्का, सह-कोषाध्यक्षमा शान्ति ठकुरी चयन भएका हुन् ।
त्यस्तै सदस्यमा कोपिला बम ठकुरी, मुक्ति सुवेदि, सुस्मिता शाही, चन्द्र बुढाक्षेत्री, बेशन भण्डारी, सुजन पुनमगर, अन्जली शाहीठकुरी, चक्रबहादुर विक, सुनिता शाही, सेतु बम, कल्पना र निर्मल बुढाथोकी चयन भएका छन् । सल्लाहकारमा डा. भरतसिं नेगी, दिलिप कँडेल, रविन्द्र शाही र नरेश ओली चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष कवरले सबैले विश्वास गरेर अध्यक्षमा निर्वाचित गरेकोमा धन्यवाद दिदै आफूले बोल्ने भन्दा काममा बढी केन्द्रित हुने बताए । उनले कर्णाली प्रदेश र कर्णाली बासीको लागि हरेक अप्ठ्यारोमा पुलको रुपमा उभिने र त्यसका लागि जापानमा रहेका विभिन्न संघ संस्थाहरुसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता गरे ।
संस्थाका क्षेत्रीय उप संयोजक रविन्द्र शाहीको सभापतित्वमा सम्पन्न अधिवेशनमा केन्द्रीय अध्यक्ष कृष्ण शाही, एनआरएनए कान्साईका संयोजक हरि प्रशाद, कलाकारहरू विष्णु खत्री, अनिता चलाउने, काजल गुरुङ, सुस्मिता शाही र कुलविर थापालगायतको सहभागिता रहेको थियो ।
सन् २०२० सालमा स्थापना भएको कर्णाली प्रदेश समाजले हाल जापानका ६ प्रान्तमा क्षेत्रीय समितीहरु विस्तार गरिएसकेको छ।
प्रतिक्रिया