काठमाडौँ । कांग्रेसले बजेटमा समावेश गरिएको ‘टेक एण्ड पे’ को व्यवस्था हटाउनुपर्ने अडान राखेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आफ्नै कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडललाई टेलिफोन गरेर उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।
‘पार्टीका साथीहरू मानिरहनु भएको छैन । ‘टेक एण्ड पे’ नहटाउँदा अप्ठ्यारो पर्ने भो, यसलाई हटाएर मात्रै बजेट पारित गरौँ भन्नेनै सभापतिज्यूको भनाइ हो,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
उनका अनुसार प्रधानमन्त्री ओलीसँग देउवा आफैँ बैठकमा सहभागी भएर ‘टेक एन्ड पे’ को व्यवस्था हटाउन दबाव दिने भएका छन् । ऊर्जामन्त्री दीपक खडकाले संसद्मा बोल्दा पनि बजेटमा उक्त व्यवस्था संशोधन भएर आउने विश्वास आफूले राखेको बताएका थिए । कांग्रेसका सांसदहरूले निजी क्षेत्रलाई समाप्त पार्नका लागि यस्तो व्यवस्था बजेटमा राखिएको भन्दै विरोध गर्दै आएका छन् ।
सरकारले बजेटमा राखेको यस्तो व्यवस्थाको व्यवसायीहरूले भने विरोध गर्दै आएका छन् । ‘टेक एन्ड पे’लाई ‘टेक अर पे’ बनाउनुपर्ने माग गरिररहेका छन्।
प्रतिक्रिया