काठमाडौं । बौद्धिक सम्पति संरक्षण समाज नेपाल (IPPSON)ले मेडिया आइ प्रा.लि को संगको सहकार्यमा प्रकाशित गरेको ‘इन्टेलेक्चुअल प्रोपटी राइट ’ जर्नल सार्वजनिक गरेको छ ।
शुक्रबार सँस्कृति, पर्यटन, तथा नागरिक उडड्यन मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी जर्नल सार्वजनिक गरिएको हो । मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यातामा भएको सो कार्यक्रम इप्सनका सभापति बिसुकुमार के सीको सभापतित्वमा भएको थियो ।
जर्नल सार्वजनिक गर्दै सँस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालमा बौद्धिक सम्पति माथिको अधिकार हाम्रो कानुनले सुनिश्चित नगरिदिएका कारण कतिपय मानिसले पिडा भोग्नु परेको बताए । ‘कानुन नहुँदा कतिपय सर्जक पीडामा हुनुहुन्छ होला । हामी यस विषयमा जानकार छौ । यसलाई हामीले सम्बोधन गर्नेछौ । कानुन बनाएर कार्यान्वयन गर्न सरकार दृढ रुपमा प्रस्तुत हुनेछ,’ उनले भने ‘यो काम हामीले भर्खर भर्खर अगाडि बढाउँदै छौ । यसलाई हामी छिट्टै व्यवस्थित गर्नेछौ । हामी माथि विश्वास राख्नुहोस् ।’
मिडिया आई र समाजको सहकार्यमा प्रकाशित जर्नलले बौद्धिक सम्पातिको अधिकारका विषयमा काम गर्नका निश्चित दिशा प्रदान गर्ने मन्त्री पाण्डेले बताए । ‘बौद्धिक संरक्षणको पाटोमा सरकार केही रुमलिएको अवस्थामा यस्तो खालको प्रयत्नले स्पष्ट दिशा प्रदान गर्नेछ,’ उनले भने । यस्तै, मन्त्री पाण्डेले सँस्कृति नीति मन्त्रिपरिषदमा पुगेको बताए । यो नीतिले पनि यो विषयलाई समेटेको छ । हामी अझै कतिपय कानुन निर्माणको क्रममा छ । अब बन्ने कानुनमा यो विषयलाई महत्वका साथ समेटने मन्त्री पाण्डेले बताए ।
प्रतिक्रिया