
रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गनेशा एक्कासी बेहोस भएकी थिइन् ।
तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो । चिकित्सकले गएराति नै उनलाई मृत घोषणा गरे । चट्याङबाट मकैबारीमा समेत क्षति भएको जनाइएको छ ।

रुकुम पश्चिम
प्रतिक्रिया