रौतहटमा बस पल्टियो, १० जना घाइते

काठमाडाैँ । रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकामा सोमबार बिहान काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको हो ।

बा.प्र-०१-००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए ।

घाइतेमध्ये धेरैजसो भारतीय नागरिक रहेका उनले बताए । घाइते सबैको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया