एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला फुटबल टोलीको बिदाइ

काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सोमबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यक्रम गरी उनीहरुको बिदाइ गरेको हो ।

नेपाली टोलीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्सालले जितको शुभकामना दिए । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले समूह विजेता बन्दै एसियन कपमा स्थान बनाउन शुभकामना दिए ।

एसियन छनोटमा नेपाल समूह एफमा छ । नेपाल रहेको समूहमा आयोजक उज्वेकिस्तानसहित लाओस र श्रीलंका छन् । यही असार ६ गते मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले प्रतियोगिताका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए ।

छनोटको पहिलो खेलमा नेपालले असार १५ गते लाओसविरुद्ध खेल्दै एसियन कप छनोटको यात्रा सुरु गर्नेछ । दोस्रो खेलमा १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानविरुद्ध खेल्नेछ । समूह ‘एफ’को शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली एसियन कपका लागि छनोट हुनेछ ।

नेपाली टोली

गोलरक्षक : अञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अन्जना राना मगर

डिफेन्डर : गिता राना, निसा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैसी

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल

फरवार्ड : सावित्रा भण्डारी (साम्बा), रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल

प्रतिक्रिया