रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केही केन्द्रीय विभागहरुमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेकाे छ । बुधबार बसेको रास्वपा सचिवालय बैठकले नीति तथा विचार विभाग, कृषि विभाग र ऊर्जा तथा जलस्रोत विभागमा हेरफेर गरेकाे हाे ।

जिम्मेवारी हेरफेर गरिएपछि नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी डा. स्वर्णिम वाग्ले, उपप्रमुखकाे जिम्मेवारी सन्तोष परियारले पाएका छन् । त्यस्तै, कृषि विभागमा प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागकाे संयोजककाे जिम्मेवारी श्रीराम न्यौपानेले पाएका छन् ।

प्रतिक्रिया