काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध कायमै राखेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै उठेर विरोध गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।
प्रतिपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै उनको राजीनामा मागसहित उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै लामो समयदेखि संसद बैठक अवरोध गर्दै आइरहेको छ ।
सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले पनि यही विषयमा अडान लिँदै आएको थियो । तर, पछिल्लो समय माओवादीले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेससँग सहमति गरेर संसद बैठक अवरोध गर्न छाडेको छ ।
प्रतिक्रिया