काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले सरकारले सबै मानिसको बोल्न पाउने, लेख्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नपाउने बताएका छन् ।
आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसद लिङ्देनले बोलेको र लेखेकै आधारमा मानिसलाई पक्राउ पूर्जी काट्ने काम गरेकोप्रति विरोध गर्दै यस प्रकारको कामबाट सरकारलाई पछाडि हट्न आग्रह गरे ।
उनले शान्तिपूर्ण आन्दोलन एक घटकका कमल थापालाई पक्राउ गरिएको सम्बन्धमा भेट्न गएका दीपकबहादुर सिंहलाई प्रहरीले नियन्त्रण गर्नु संविधानविपरीत भएको बताए ।
सांसद लिङ्देनले देशमा रोजगारी नपाएर अवसरको खोजीमा जानेलाई दैनिक रु ५० हजार माथिल्लो तहले लिने गरेको कुरा सार्वजनिक भएको र यो देशको बेइज्जतीको कुरा भएको बताए । उनले भिजिट भिजा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिएर अख्तियारलाई स्वतन्त्रपूर्वक राजनीतिक क्षेत्रको पनि अनुसन्धान गर्नुपर्ने माग गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले भिजिट भिसा प्रकरण र अध्यागनका कर्मचारी विकृतिका विषयमा गृहमन्त्रीलाई जानकारी नभएको नभए किन कर्मचारीलाई सरुवा गरिएको भन्दै प्रश्न गरे । उनले यो प्रकरणको सरकारले चित्तबुझ्दो उत्तर नदिएसम्म आफूहरूलाई सैह्य नहुने बताए ।
प्रतिक्रिया