काठमाडौँ । सुशील रावलले घातक बलिङ गरेसँगै सुदूरपश्चिम प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेकोे छ । शुक्रबार सम्पन्न तेस्रो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । जितसँगै सुदूरपश्चिमले अंक तालिकामा खाता खोलेको छ । यसअघि कर्णालीसँग ५ र कोसी प्रदेशसँग सुदूरपश्चिम ७ विकेटले पराजित भएको थियो । मधेसको भने यो पहिलो हार हो । ३ खेलबाट ४ अंक पु¥याएको मधेसले यसअघि गण्डकीलाई ५ विकेट र कर्णालीलाई ९२ रनले पराजित गरेको थियो ।
मधेसले दिएको ८७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३ ओभरमा २ विकेट गुमाउँदै ९० रन बनायो । सुदूरपश्चिमका ओपनर विक्रम बोहराले सर्वाधिक ४३ रन बनाए । ३१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । आयुष चन्दले ४६ बलमा ६ चौकासहित ३४ रन बनाए । मधेसका नुमैर अहमद र शेख अरमानले समान १–१ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको मधेसले १८ शदमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनाएको थियो । मधेसका राजीवकुमार सदाले अविजित रहँदै सर्वाधिक २० रन बनाए । १६ बल खेलेका उनले ३ चौका प्रहार गरे । परिमार्जन यादव ११ र अहमद १० रनमा आउट भए ।
सुशीलले सर्वाधिक ५ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १ मेडनसहित २९ रन खर्चिए । सचिन भट्टले ३ र रितेश विष्टले २ विकेट लिए ।
लुम्बिनी प्रदेशले यु–१६ क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । कालिन्चोक क्रिकेट मैदानमा शुक्रबार कर्णाली प्रदेशविरुद्ध ८ विकेटको सहज जित हासिल गर्दै तालिकामा फड्को मारेको हो । ३ खेलमा लुम्बिनीले ४ अंक पु¥याएको छ । पराजित कर्णालीको पनि ४ खेलबाट ४ अंक नै छ । नेटरनरेटले लुम्बिनी अघि छ ।
कर्णालीले दिएको ९३ रनको लक्ष्य लुम्बिनीले १४ दशमलव ५ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । लुम्बिनीको जितमा आरिफ खानले अविजित रहँदै सर्वाधिक ३६ रन बनाए । उनले १९ बलमा ७ चौका प्रहार गरे ।
केशव विष्टले अविजित २८ र कप्तान समीर अली मुलसमानले २७ रनको योगदान दिए । कर्णालीका कप्तान विपिनप्रसाद शर्मा र रोशन शाहीले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ३१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो । कर्णालीका रोशन शाहीले सर्वाधिक ३३ रन बनाए । ५९ बल खेलेका उनले ६ चौका प्रहार गरे । कस्तुप खड्का १७ र विजयी शाही १३ रन आउट भए ।
लुम्बिनीका शुभम खनालले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४ मेडनसहित ४९ रन खर्चिए । लक्ष्मण कुमाल, प्रिन्स पाल र चन्द्र थापाले समान २–२ विकेट आफ्नो नाममा लेखाए ।
प्रतिक्रिया