काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका बेल्जियमका प्याट्रिक डी वाइल्डलाई एन्फाले स्वागत गरेको छ ।
युएफा प्रो–लाइसेन्सप्राप्त डी वाइल्डले यसअघि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सको प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकका रूपमा यो उनको पहिलो जिम्मेवारी हो ।
उनीसँग अल्जेरिया र हंगेरीको राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेको अनुभव छ । उनले चीनको यू(२३ महिला टोलीमा पनि सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
नेपाली महिला टोली हालै थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेलेर स्वदेश फर्केको छ । अब डी वाइल्डको प्रशिक्षणमा नेपालले महिला एसियन कप छनोट खेल्नेछ ।
प्रतिक्रिया