काठमाडौँ । केई मोटर्सले ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ कार र्याली सम्पन्न गरेको छ । नेपालका लागि केईको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोइल्सले १७ जेठमा संयुक्त रूपमा उक्त कार्यक्रम सम्पन्न गरेका हुन् ।
थापाथलीबाट सुरू भएर र्याली ललितपुरको गोदावरीसम्म पुगेको थियो । उक्त र्यालीमा केईका ग्राहक, उनीहरूको परिवारका सदस्यसहित ८० जनाभन्दा धेरै सहभागी थिए । र्यालीमा केई एक्स–३ प्रो, ई–क्युट–०२, र ई–क्युट–०४ सहित केईका विद्युतीय कारहरू थिए । र्यालीमा सहभागीहरूले गोदावरीस्थित मार्बलडाँडामा ७० वटाभन्दा धेरै विरुवा रोपेको कम्पनीले जनाएको छ । साथै, कार्यक्रममा मनोरञ्जनात्मक र खेलकुदका गतिविधिहरू पनि गरिएको थियो ।
प्रतिक्रिया