भरतपुर । हिमालयन राइडर्सले भरतपुरदेखि चितवनसम्मको मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । ‘एक्स्प्लोर रुकुम’ नारासहित यही १४ देखि १७ जेठसम्म ७६९ किलोमिटर मोटरसाइकल यात्रा गरेको हो । सेन्ट्रल कलेजको परिसर भरतपुरबाट सुरु भएको यात्री मुग्लिङ, पोखरा, कुश्मा, बागलुङ, गलकोट, रुद्रवेणी, बुर्तिवाङ, पाटिहाल्ने, लुगुम, महतगाउँ, रुकुमकोट, तकसेरा, पाल्पाको रानीमहल अवलोकनपश्चात् कालीगण्डकी करिडोर, गैँडाकोट हुँदै नारायणी नदी किनारमा पुगेर सम्पन्न भएको हो । सहभागी २४ यात्रीले विभिन्न स्थानको ऐतिहासिक, पर्यटकीय, धार्मिक तथा वस्तुस्थितिबारे जानकारी लिएका छन् । नयाँ ठाउँको अवलोकन गर्दै आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न मोटरसाइकल यात्रा गरिएको कार्यक्रम संयोजक अमृत जोशीले जानकारी दिए ।
प्रतिक्रिया