काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जन्ते बाख्रो’को आज सोमबार ट्रेलर रिलिज भएको छ । आज कार्यक्रम आयोजना गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।
मुइन इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक सुनुवारका अनुसार यसको कथा विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ । निर्माण पक्षका अनुसार फिल्म जेठ २३ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया