वामपन्थी नेता नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ गुमाएको छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले वामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ एवं प्रखर चिन्तकको अपूरणीय क्षति बेहोर्नुपरेको बताएका छन् ।

नेता नेपालको असामयिक निधनप्रति आज शोक वक्तव्य जारी गर्दै उनले, ‘नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान् र सिद्धान्तनिष्ठ नेता गुमाएको छ’, भनेका छन् ।

नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने बताउँदै सभामुख घिमिरेले उनको पूर्वी नेपालका गाउँगाउँमा जनतासँगको सामीप्यता र आत्मीयता प्रगाढ रहेको स्मरण गरे ।

उनले भनेका छन्, ‘स्व नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रतिक्रिया