पाँचथर । पाँचथरको फिदिममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खबरदारी सभामा आउने भएका छन् ।
अध्यक्ष दाहाल यही वैशाख २५ गते हुने माओवादी केन्द्रको खबरदारी सभामा सम्बोधनको लागि प्रचण्ड पाँचथर आउन लागेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज इन्द्रबहादुर आङबोले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र पाँचथरले मंगलबार फिदिममा पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिएको हो । सरकार बिचौलीयाहरुको इसारामा चलेको, भ्रष्टचार बढेको, सुशासन कायम गर्न नसकेको, प्रतिगामी तत्वहरुले प्रहार गर्न थालेकाले खबरदारी सभा गर्नुपरेको आङबोको भानाइ छ ।
प्रतिक्रिया