सर्लाही । सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वाटर अगर्वा सर्लाहीले १८औँ स्थापना दिवस मनाएको छ । शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल नं. १० गणले एक विशेष समारोहबीच १८औँ स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा गण परिसरमा विभिन्न सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा सामाजिक सेवासम्बन्धी गतिविधिहरू सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रहेका मधेस सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कालिदास धौबजीले गणको स्थापनाको ऐतिहासिक पृष्ठभूमि, योगदान र वर्तमान भूमिकाको चर्चा गर्दै सुरक्षाको संवेदनशीलताको सन्दर्भमा अझ बढी उत्तरदायी र पेशागत हुन आग्रह गरेका थिए ।
स्थापना दिवस समारोहमा गण प्रमुख एसपी देव बहादुर चन्दले, धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णमा आभार व्यक्त गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेड्क्वाटर सर्लाही मातहत प्रस्तावित सिमाना सुरक्षा गुल्म मलंगवाको लागि आवश्यक जग्गा प्राप्तिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मलंगव नगरपालिका– ८ का स्थानीय समाजसेवी सन्जय (सुगन्ध) कुमार गुप्तालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षानिकायका अधिकारी, पत्रकार, समाजसेवी तथा आम नागरिकहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया