तीनकुने घटना प्रकरणमा आज शान्तिबाटिकामा पत्रकारहरुको मौन प्रदर्शन

काठमाडौं । तीनकुने घटनामा जिउँदै जलाएर हत्या गरिएका स्वर्गीय पत्रकार सुरेश रजकको न्यायको माग गर्दै पत्रकारहरुले आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा मौन प्रर्दशन गर्ने भएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको आयोजनामा हुन लागेको प्रदर्शनमा दिउँसो १ बजे १ घण्टा मौन प्रदर्शन गरिने संगठनले जनाएको छ । पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानवीन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागिएको महासचिव रोहित दाहालले जानकारी दिए ।

राज्यको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले आयोजना गरेको कार्यक्रममा भएको तेडफोड र आगजनीको समाचार संकलनका क्रममा आगोमा जलेर पत्रकार रजकको मृत्यु भएको थियो ।

प्रतिक्रिया