सिटिजन्स बैंकका आकर्षक छुट योजना

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरू सार्वजनिक गरेको छ । ७ वैशाखको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले १ देखि ३१ वैशाखसम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो ।

सो योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताहरूले पहिलोपटक पस मेसिन वा अनलाइनमाफत १ हजार वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० रुपैयाँ क्यास ब्याक दिइने छ । यसैगरी सिटिजन्स मोबाइल बैंकिङमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० क्यास ब्याक प्रदान गरिने छ ।

साथै फोन पे मर्चेन्टले आफ्नो व्यावसायिक कारोबार रकम क्युआरमार्फत प्राप्त गर्दा प्रत्येक दिन १ जना मर्चेन्टलाई १ हजार ८०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने छ । यसमा निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था, स्मार्ट बचत खाता खोली पहिलोपटक मोबाइल बैंकिङमार्फत मोबाईलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढीमा ५० रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया