पाँचथर । पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयबाट नागरिकलाई राष्ट्रिय परिचयपत्र दिलाउन नयाँ वर्ष बिदाको दिन आकस्मिक सेवा प्रदान गरिएको छ ।
सोमबार फिदिम नगरपालिका– २ महानन्द चोक निवासी नरबहादुर केरुङ र उनकी पत्नी फुलमाया केरुङलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट राष्ट्रिय परिचयपत्र दिन आकस्मिक सेवा प्रदान गरिएको हो ।
सेवाग्राही केरुङ परिवारलाई अनलाईन उपकरणहरुसहित आकास्मिक सेवा दिन परिचयपत्र फाँटका जिम्मेवार कर्मचारी, नागरिकता फाँटका टोली घरमा आइपुगेका हुन् ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रासद कोइरालाले २०८२ नव वर्षको बिदामा पनि सेवा प्रदान गरिएको बताए। कोइराला आएलगत्तै पालिकाहरुमा घुमन्ते शिविर र घर–घरमा असहाय, अशक्त नागरिकलाई घरदैलोमा आकास्मिक सेवा दिइएको हो । सरकारी कामकाजका लागि असहाय, अशक्त र वृद्ध–वृद्धाहरुलाई घर–घरमा गएर सेवा दिइरहेका छन् ।
सो टोलीले अपांगता नरबहादुर केरुङ र उनका परिवारलाई घरमा आएर सेवा दिएका हुन् । प्रमुख जिल्ला अधिकारी कोइरालाले नागरिकहरुलाई सकेसम्म छिटो–छरितो घुम्ती शिविर तथा घर–घरमा गएर सुशासनको प्रत्याभूति गराउने आफ्नो दायित्व रहेको बताए । सो अभियानमा असहाय अशक्त नागरिक रहेकाले फाल्गुननन्द गाउँपालिकामा सेवा प्रदान गरिने बताए ।
प्रतिक्रिया