इतिहासमा २०८१ लाई फर्केर हेर्दा : देशभर के–के भए ? (तस्विरहरु)

काठमाडौं । आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८२ सुरु भएको छ । २०८१ अरु वर्षहरु झैँ सामान्य वितेको वर्ष पक्कै हैन । सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।

नेपालीजनले सम्झिनुपर्ने, विर्षिनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका बारेमा चर्चा गरौँ । यो वर्ष देशभरी ठूला घटनाहरुको सामना गर्नुपर्यो बाढीपहिरोले धेरै स्थानहरु तहसनहस बनिदियो । काठमाडौं उपत्यका साथै देशभर नै ठूलो जनधनको क्ष्यति भयो ।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता दुईवटा बस बेपत्ता भएका थियो भने अहिले सम्म बस भेटिएको छैन । त्यसैगरी साउन ९ गते त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भयो ।

त्यस्तै, साउन २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । त्यसैगरी असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो ।

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भए । त्यस्तै भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु, १६ जना घाइते भए । त्यस्तै भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे उक्त बस दुर्घटनामा घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिन टिचिङ अस्पतालमा आइपुगिन् ।

यस वर्ष देशलाइ विश्वसामु चिनाउन धेरै कुराहरु भए । पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले दिलाएकी छन् र कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८‍.८६) मिटरको ३०औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे ।

नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाए ।

त्यसैगरी कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विना अक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यही वर्ष नयाँ कीर्तिमान बनाए । उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विना अक्सिजन आरोहण गरिसकेका थिए ।

शिशापाङ्मा १४औँ हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । फोटो पत्रकार पुर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन् ।

उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन् । श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन् । मंसिर १५ नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिगको आयोजना गरियो जुन खेल अन्तराष्ट्रिय स्तर मा समेत चर्चा भयो ।

यस वर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो । तत्कालीन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुल्ला गरियो ।

यही वर्ष नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त भए भने उनको पदमुक्तलाई लिएर
आन्दोलनहरु भए । त्यस्तै प्रतिनिधिसभामा कुलमान घिसिङको विषय लिएर प्रतिपक्षले सदन अवरोध गरे ।

र सरकारले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा हितेन्द्रदेव शाक्यले पाए र यसै वर्ष देशमा नवनियुक्त नेपाली प्रहरीका ३१औँ प्रमुख दीपक थापालाई नियुक्त गर्यो । जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परे । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।

कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परे भने उनी अहिले कारागार चलान भएका छन् ।

तीनकुने घटनाकालाई लिएर मेडिकल व्यवसायी तथा मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गरी १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

यसै वर्ष कुटनीतिक भ्रमण भए । मंसिर २१ भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकको नेपाल भ्रमण गरे भने वैशाख २३, जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण, वैशाख ११ गते कतारका अमिर (राजा) तमिम विन हमाद अल थानी नेपालको २ दिने औपचारिक भ्रमण गरे ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीले आज हनुमानढोका दरबार स्क्वायरको भ्रमण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिए । त्यस्तै नेपाली कांग्रेसद्वारा संसद अवरोध निकै धेरै समय रह्यो ।
यसै बर्ष मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन सम्पन्न भयो ।– तस्विरहरु नेपाल फोटो लाइब्रेरी २०८१

प्रतिक्रिया