काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ चेयर (कुर्सी) सहयोग प्रदान गरेकोे छ । अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाईंलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया