सर्मिला न्यौपानेको दुई मुक्तक

सर्मिला न्यौपाने

प्रेम प्रस्तावको विधेयक दर्ता गर्न तयारी गर्दैछु

कसैलाई थाहा नदिइ तिमिलाई माग्न मन्दिर झर्दैछु ।

तिमी अलि लचिलो भए विधेयक पारित हुन सक्छ

यता म, स्वयम्बरमा लाइदिन माला भर्दैछु ।

तिम्रो अंगालो थोरै डर धेरै खुशी पक्कै हुनेछ ।

डोली चढि अन्मिदा यो मन साच्चै रुनेछ ।

तिम्ले चुरोटको धुँवा उडाको बा–आमाले थाहा पाए भने ।

अगरबत्ती सल्काइ बास्ना छर्ने जिम्मा मेरै हुनेछ । ।– सर्मिला न्यौपाने

प्रतिक्रिया