कसैले चाहँदैमा गणतान्त्रिक शासन हट्नेवाला छैन : सभापति देउवा

लुम्बिनी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् ।

लुम्बिनीमा आज आयोजित नेपाली लेखक संघको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताएका हुन् ।

सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे । उनले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको बताए ।

उनले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहँदैमा यो व्यवस्था परिवर्तन नहुने बताए । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।

प्रतिक्रिया