काठमाडौं । गायक बद्रीप्रसाद सिटौला र गायिका पार्वती कार्कीको आवाजमा ‘भोलि तिमिलाई रुन नपररोस्’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा सरला तिमल्सिनाको मन छुने शब्द रहेको छ भने साजन पराजुलीको संगीत रहेको छ ।
बद्री लोकमालाको नयाँ प्रस्तुति रहेको लोक दोहोरी गीत ‘भोलि तिमीलाई रुन नपरोस्’ गीतको भिडियो सार्वजनिक भएको हो । सुफिक्स मदनको लय एरेन्ज, गोविन्द सोनीको मिक्सिङ रहेको गीतलाई स्टुडियो एरिक डिजिटलमा रेकर्डिङ गरिएको छ ।
प्रेमी र प्रेमिकाले आ–आफ्नो भोगाइको कथालाई दर्शाइएको भिडियोमा कसैले प्रेममा पर्दा सम्पूर्ण चीज नै दिन्छु भनेको तर पछि नराम्रो धोका दिएपछि यस्तो चोट तिमीलाई नपरोस् भन्दै कामना गरिएको सन्देश्मुलक भिडियो बनाइएको गायक बद्रीप्रसाद सिटौलाले बताए ।
भिडियोमा बद्रीप्रसाद सिटौला, पार्वती कार्की, दिपक बस्नेत र मुस्कान घिमिरे लगायतको अभिनय रहेको छ । गीतको छायांकन साजन पराजुली, निर्देशन बद्रीप्रसाद सिटौलाले गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको गीतको दृष्य निर्माण ई. नेपाल खबर प्रालिले गरेको हो । गीतको भिडियो बद्री लोकमाला युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया