सुनको मूल्य ९०० ले घट्यो, आज प्रतितोला १ लाख ७४ हजार १०० कायम

काठमाडौं । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थप–घट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रु १५ ले घटेको छ ।

गत शुक्रबार प्रतितोला रु १ लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रु १ लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु १ हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया