न्युयोर्क । ९ महिना अन्तरिक्षमा बस्न बाध्य भएका अन्तरिक्ष यात्री पृथ्वीमा आइपुगेका छन् । नासाका अन्तरिक्ष यात्री बच विलमोर र सुनिता विलियम्स ९ महिनापछि पृथ्वीमा आइपुगेका हुन् । उनीहरू स्पेस एक्स क्याप्सुल तीव्र गतिमा वातावरण पार गरेको थियो । फ्लोरिडाको तटमा अवतरण गराउने क्रममा उनीहरूका लागि ४ वटा प्यारासुट खोलिएको थियो ।
उनीहरूलाई रेस्क्यु जहाजमार्फत तटमा अवतरण गराइएको हो । यस क्रममा सहकर्मी अन्तरिक्ष यात्री तथा निक हग र अलेक्जेन्डर गुर्मुनोभले सहयोग गरेका थिए । ८ दिनमा सकिने लक्ष्य राखिएको सो मिसन ९ महिनामा आएर पूर्ण रूपमा सकिएको छ । उनीहरूको घर फर्कने यात्रा १७ घण्टा लामो थियो । तौल नभएको वातावरणमा लामो समय बिताएका उनीहरूलाई एडप्ट गर्न कठिन हुने भएकाले स्ट्रेचरको प्रयोग गरिएको थियो । स्वास्थ्यकर्मीले परीक्षण सकेर उनीहरूलाई परिवारको जिम्मा लगाइएको थियो ।
सन् २०२४ को जुन महिनादेखि उनीहरूको संघर्षपूर्ण यात्रा सुरु भएको थियो । एरो स्पेस बोइङ कम्पनीले निर्माण गरेको स्टारलाइन स्पेसक्राफ्टको टेस्ट फ्लाइटमा उनीहरू गएका थिए । क्याप्सुलले अन्तरिक्षमा धेरै प्राविधिक समस्याको सामना गरेपछि सकुशल घर फिर्ता गर्न कठिन भएको हो । स्टारलाइन सेप्टेम्बरमा फर्किए पनि यो जोडीलाई अर्को यातायातको आवश्यकता परेको हो ।
त्यसपछि नासाले स्पेस एक्स क्याप्सुल तयार पारेको थियो । सो यान सेप्टेम्बरमा आइएसएसमा पुगेको थियो । सो यानमा ४ सिट भए पनि २ सिट खाली राखिएको हो । त्यो यान पुगेको ६ महिनापछि यो जोडी पृथ्वीमा आइपुगेको हो ।
प्रतिक्रिया