गाजामा इजरायलको भयानक हवाई आक्रमण, मारिनेको संख्या ४१३ जना पुगे

मार्च १८, २०२५ मा गाजा शहरको पश्चिममा इजरायली आक्रमणको क्रममा उडिरहेको धुवाँको मुस्लो । इजरायलले मार्च १८ मा गाजा पट्टीमा जनवरीको युद्धविराम पछिको सबैभन्दा तीव्र आक्रमणहरू गरेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयले मारिनेको संख्या ४१३ पुगेको बताएको छ ।– तस्विर एएफपी

गाजा । गाजा पट्टीका विभिन्न स्थानमा मंगलबार बिहान भयानक इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको संख्या ४१३ जना पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

जारी इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी पनि घाइते भएका छन् । धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरुले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘यस समयमा, आइडीएफ (इजरायल रक्षा बल) र शिन बेटले गाजा पट्टीभरि बिद्रोही लक्ष्यहरूमा प्रहार गरिरहेका छन्,’ सेना र शिन बेटले संयुक्त विज्ञप्तिमा उल्लेख गरको छ, ‘विगत केही घण्टामा प्रहार गरिएका लक्ष्यहरूमा प्रक्षेपण पोस्ट, हतियार भण्डार र थप सैन्य पूर्वाधारहरू समावेश छन् ।’

इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरुको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमणहरू पुनः सुरु गरेको बताएको छ ।

हमासले इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लंघन गरेको आरोप लगाए र इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरुलाई आह्वान गरेको थियो ।

मार्च १८, २०२५ मा गाजा शहरको अहली अरब अस्पताल, जसलाई ब्याप्टिस्ट अस्पताल पनि भनिन्छ । त्यहाँ इजरायली घातक आक्रमणबाट मारिएकाहरूको शव भुइँमा सुतेर शोक मनाउँदै महिलाहरू ।– तस्विर एएफपी

प्रतिक्रिया