काठमाडौँ । विश्व भू राजनीतिमा भारतीय ‘पोजिसिन’लाई प्रष्ट पार्ने रायसिना वार्ता मंगलबार सुरु भयो । ३ दिने साता लामो सो वार्तामा पहिलो दिन मंगलबार न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले उद्घाटन गरे । यस ३ दिने वार्तामा संसारले भोगेका गम्भीर विषयमा छलफल हुने छ । वार्तामा रुस र युक्रेनको युद्ध तथा अमेरिकाले लिएको भन्सार महसुलको नीतिका साथै क्वाडको विषयमा छलफल हुने छ । अमेरिकाले लगाएको भन्सार महसुलपछि उत्पन्न व्यापार युद्धको बारे पनि छलफल हुने छ । चीन र ताइवानको सम्बन्ध छलफलको विषयमा पनि छलफल हुन सक्ने छ । साउथ चाइना सीमा पछिल्लो समय बढेको समस्याका बारेमा पनि छलफल हुने छ ।
यसपटक संसारका १३० देशका ३ हजार ७०० जनाको सहभागिता रहने छ । ८०० जनाले छलफलमा आफ्नो भनाइ राख्ने छन् । यस वर्षको विषयवस्तु ‘कालचक्र, पिपुल, पिस, प्लानेट’ राखिएको छ ।
यो वार्ता भारतको वैदेशिक मामला मन्त्रालय र अब्जरभर रिसर्च फाउन्डेसन(इआरएफ)को संयुक्त आयोजानमा हुने हो । भारतले सन् २०१६ देखि नियमित रूपमा यो वार्ता गर्दै आएको छ । यसपटक ११ युरापेली देशका विदेश मन्त्री बोलाइएका छन् । विगतदेखि नै आमन्त्रण गरिने गरेको बंगलादेशलाई भने यसपटक बोलाइएको छैन ।
यसपटक चीनको फुदान विश्वविद्यालयबाट पनि एक वक्ता बोलाइएको छ । पछिल्लो समय भारत र चीनको सम्बन्धमा सुधार भएको चर्चा चलिरहेको विषयमा भारतमा चीनको उपस्थिति समेत अर्थपूर्ण मानिएको छ । क्यानडका गुप्तचर निकायका निर्देशक डानियल रोजर्स, क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफन हार्पर र अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री टोनी एबट पनि सहभागी छन् । अमेरिकी गुप्तचर संस्थाकी निर्देशक तुलसी गवार्ड पनि सहभागी छिन् ।
क्वाड विषयमा छलफल हुने भएकाले अमेरिका, जापान र अस्ट्रेलियाका नौ सेनाका अधिकारीको पनि सहभागिता छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा, निकायका प्रमख राफले ग्रासी पनि उपस्थित थिए । युएसएडमा अमेरिकाले गरेको सहयोग रकम बन्द भएपछि यसले उत्पन्न गरेको नयाँ परिस्थिति पनि छलफलको विषय बनेको छ ।
प्रतिक्रिया