ललितपुर । अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी र साम्राज्ञी राज्य लक्ष्मी शाहले अन्तर्राष्ट्रियस्तरको एन्टी एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस ‘भिभाची’ को अनावरण गरेका छन् ।
लामो समयदेखि छाला तथा कपालसम्बन्धी समस्यामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टी एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस ‘भिभाची’ भित्र्याएको हो ।
कुपण्डोलको होटल हिमालयमा आयोजित समारोहमा अभिनेत्रीहरु थापा, अधिकारी र शाहले उक्त डिभाइसको अनावरण गरेका हुन् ।
समारोहमा अभिनेत्री अधिकारी र थापाले आफूहरु समय मिलाएर यसै साता भिभाची प्रविधिको प्रयोग गरेर आफ्नो छालालाई थप स्वस्थ बनाउने बताए । समारोहमा ढिला गरि उपस्थित अभिनेत्री शाहले पनि आफू उक्त प्रविधिको सेवा लिन इच्छुक रहेको धारणा व्यक्त गरिन् ।
अनोभा स्किन एण्ड हेयर क्लिनिककी सञ्चालिका वरिष्ठ छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठले यो डिभाइस नेपालमा ल्याउन ठूलो मेहनत गर्नु परेको बताइन् । डा. श्रेष्ठका अनुसार भिभाची उपकरण एउटा माइक्रो निडलिङ प्रकयाद्वारा छाला तथा कपालको उपचार गर्ने प्रविधि हो ।
उनले अनुसार भिभाची एउटा उन्नत माइक्रो निडलिङ प्रविधि हो, जसमा रेडियो फ्रिक्वेन्सी ऊर्जा र साना सुईहरू प्रयोग गरी छाला तथा कपालको पुनः निर्माण गरिने बताइन् ।
प्रतिक्रिया