प्रतिनिधिसभामा प्रचण्डको सम्बोधन– सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताको ड्राइभिङ सिटमै विचौलिया भएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई यस्तो आरोप लगाएका हुन् । उनले भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाएर सरकारले जनतालाई भड्काउने काम गरेको बताए ।

प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले विचौलियाले सरकार चलाएको आरोप लगाए। उनले सत्तामा रहेकाको कुशासनले लोकतन्त्रलाई चुनौती दिएको आरोप लगाए ।

‘समिति बैठक नाटक, सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन्, उसको शक्तिले इमान्दार व्यवसायीलाई अपमान गरेको छ,’ उनले भने, ‘आज हामी सबै जनताको सघिन निगरानीमा छौँ, जनचाहनालाई उपेक्षा गर्नुभयो, गंगा नदीमा नक्कली भुटानी शरणार्थीमा धुनुभयो, तपाईँहरु प्रतिको आक्रोश आज व्यवस्था विरोधी गतिविधिमा पुग्यो ।’

साथै, उनले सत्तारुढ दलका कार्यकर्ताले वर्दिधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा भन्दै हेक्का राख्न आग्रह गरे । उनले सबै जनताको सघन निगरानीमा रहेको भन्दै पछिल्ला आठ महिनामा लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिएको बताए ।

‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा, तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैले लोकतन्त्रमा देखियो’, प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।’

प्रतिक्रिया