डाक्टर पशुपति चौधरी अशुमा अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल अर्थोपैडिक संघको आयोजनामा भएको सम्मेलनमा प्रोफेसर डाक्टर पशुपति चौधरी प्रतिष्ठित अशुमा अवार्डबाट सम्मानित भएका छन् । वीरगञ्जमा भएको उक्त सम्मेलनमा अर्थोपैडिकहरुलाई संघका पदाधिकारीहरुले सम्मानका साथ अशुमा अवार्ड प्रदान गरिएको छ ।

प्रोफेसर डाक्टर चौधरी अर्थोपैडिक विभागका एक चर्चित र सफल डाक्टरको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि आफ्नो सेवा प्रदान गर्दै आएका डाक्टर चौधरी लाखौँ बिरामी ओपीडीमा चेकजाँच गर्नुका साथै हजारौँ बिरामीलाई अप्रेशनको माध्यमले स्वस्थ्य बनाउन सफल भएका छन् । डाक्टर चौधरी दुई पटक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित भएका छन् भने दर्जनभन्दा बढी अवार्डहरु प्राप्त गरिसकेका छन् ।

पछिल्लो यस अशुमा अवार्ड प्राप्त गरेपछि डाक्टर चौधरी पेफेसबुकमा लेखेका छन्, ‘अवार्ड पाउनलाई त काम गरिने होइन तर, काम गर्दै गएपछि मान्यता अवश्य पाइन्छ, थुप्रै सामाजिक, धार्मिक, सांस्कृतिक अवार्डहरू पाएँ, सम्मानित पूर्वराष्ट्रपतिबाट दुई–दुई पटक विभुषित भएँ तर आफ्नै अर्थोपेडिक समुदायबाट अवार्डका लागि योग्य सम्झी आफ्नै अर्थोपैडिक गुरुवर्ग, शिक्षक, अग्रज, साथीभाई, शुभचिन्तक एवं शुभेच्छुकको बीच सम्मानित (अशुमा) हुँदा गौरवान्वित महसुस गरेको छु ।’

हाल प्रोफेसर डाक्टर चौधरी एक वर्षादेखि मधेस प्रदेश राजविराज अवस्थीत रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रशासनतर्फ अध्यक्ष पदमा कार्यरत रहँदै सेवा प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया