‘आयो रे आयो हाप्पी होली’को भिडियो सार्वजनिक

चितवन । नजिकै आउँदै गरेको फागु पूर्णीमा (होली) को अवसरमा ‘आयो रे आयो हाप्पी होली’ गीतको भिडियो सार्वजनिक भएको छ । थारू समुदायमा पनि होली अर्थात धुरहेरी र होली पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिकको प्रवर्द्धन गर्न यस गीत र भिडियो ल्याएको यही भिडियोमा अभिनय गर्ने ममता चौधरीले बताइन् ।

युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा समिक्षा र विश्व चौधरीको आवाज रहेकोछ । उपेन्द्र ‘अबिरल जिज्ञासु’ र विश्व चौधरीको शब्द, संगीत रहेको गीतमा रेकर्डिस्ट एसबी मुस्कान, मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीको रहेको छ ।

त्यसैगरी मोडल ममता चौधरीसँगै गीतको भिडियोमा पुरुष मोडल देव महतो पनि मुख्य भूमिकामा अभिनय देख्न सकिन्छ । उक्त भिडियोमा छायांकन विक्रमे, सम्पादन, कलरिङ सुरज महतो, निर्देशन हिरा चौधरीको रहेको छ ।

प्रतिक्रिया