काठमाडौँ । २०७९ सालमा रिलिज भएको फिल्म ‘छड्के–२’ का निर्माताले नयाँ फिल्म बनाउने भएका छन् । निर्माता प्रशान्त गिरीले फिल्म ‘जवाफ’ बनाउने घोषणा गरेका हुन् । निर्माण कम्पनी काभ्रे फिल्मस् एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल घोषणा गरेको हो । पोस्टरमा ‘सपना पूरा गर्न अपराधको बाटो रोज्नेहरूको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोबीचमा उभिएका एक पात्रको पृष्ठभूमिमा प्रहरी भ्यानसहित देखाइएको छ । पोस्टरले फिल्म डार्क एक्सन थ्रिलर रहेको संकेत गर्छ ।
यस फिल्ममा साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्ने छन् । सम्पूर्ण छायांकन भारतमा नै हुने बताइएको छ । फिल्मको अन्य कास्ट एन्ड क्रूबारे निर्माण टिमले केही जानकारी गराएको छैन । यस फिल्मको कार्यकारी निर्माताको रूपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् । दशक लामो रंग पत्रकारिताको अनुभवलाई उनले फिल्म निर्माणमा प्रयोग गर्ने छन् । यो फिल्मलाई २०८३ सालमा प्रदर्शनमा ल्याउने निर्माण कम्पनीले घोषणा गरेको छ ।
प्रतिक्रिया