नेमकिपाको अध्यक्षमा पुनः विजुक्छे सर्वसम्मत

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) पुनः सर्वसम्मत चयन भएका छन् । गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

नेमकिपा स्थापनादेखि विजुक्छे पार्टी अध्यक्ष छन् । बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।

प्रतिक्रिया