काठमाडौं । पूर्वयुवराज पारस शाह हृदयघात भएएपछि अस्पताल भर्ना भएका छन् । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिए ।
उनका अनुसार गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको छ । पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो ।
प्रतिक्रिया