काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतिक्षित म्युजिकल इभेन्ट ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । २५ चैतमा भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना हुने यस विशेष कन्सर्टमा शाओमीको सहभागिताले म्युजिक लभर्सहरूलाई थप उत्साहित बनाएको शाओमीले जनाएको छ ।
त्यसैगरी शाओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र चर्चित अभिनेत्री आना शर्मालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा प्रस्तुत गरको थियो । शाओमीको इनोभेसन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिँदै कम्पनीले यो भव्य संगीत उत्सवलाई समर्थन गरेको बताएको छ ।
संगीत र प्रविधिलाई जोडने साझा विचारसहित बनेको शाओमी र सुशान्त केसीको यो सहकार्य नेपाली दर्शकसँग अझ नजिकिन महत्वपूर्ण कदम सावित हुने विश्वास गरिएको छ । यस कन्सर्टले दर्शकहरूलाई अविस्मरणीय अनुभव दिनेछ जहाँ प्रत्यक्ष प्रस्तुतिहरू र शाओमीका नयाँ प्रविधिहरू एकैसाथ झल्किनेछन् । शाओमीले सबै संगीत प्रेमीहरुलाई ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ मा सहभागी हुन आमन्त्रण गरेको छ ।
प्रतिक्रिया