काठमाडौं । तेस्रो ‘भ्वाइस अफ स्याट’ गायन प्रतियोगितामा २६ वटा विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका छन् । स्कुले विद्यार्थीहरुलाई पढाइका साथै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोडदिनु पर्छ भन्ने उव्देश्यले ‘शैक्षिक रूपान्तरणका लागि विद्यालयहरुको गठबन्धन (स्याट)’ नामक संस्थाले यो तेस्रो ‘भ्वाइस अफ स्याट’ गायन प्रतियोगिताको आयोजना गरेको थियो ।
विगत तीन वर्षदेखि आयोजना गर्दै आइरहेको ‘भ्वाइस अफ स्याट’ गायन प्रतियोगितामा यो वर्ष २६ वटा विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धामा आ–आफ्नो गायन प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ई. विनय श्रेष्ठले जानकारी दिए ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न फाइनल कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष श्रेष्ठले गरेका थिए । कार्यक्रममा शिक्षाविद् बिचारी प्रसाद अधिकारी, गायक लाक्पा शेर्पा, पत्रकारद्वय सानु श्रेष्ठ र सरोज ओझा, पारा ओलम्पियाड पलेशा गोवर्धनलाई अभिनन्दन गरिएको थियो ।
गायन प्रतियोगितामा मेगा विजेताहरूमा टाईटल विजेता दिया घिमिरे, पीक प्वाइन्ट एकेडेमी, फस्ट रनरअप सम्पदा घिमिरे, गोल्डेन गार्डन एकेडेमी, सेकेन्ड रनरअप जेविशा श्रेष्ठ, पीक प्वाइन्ट एकेडेमी, थर्ड रनरअप अन्जल बाबु कट्टेल, साइपाल एकेडेमी, फोर्थ रनरअप आर्यन शाही, सेन्ट जर्ज इन्टरनेशनल स्कुल भएका थिए ।
त्यसैगरी राइजिङ स्टार अवार्ड मञ्जिल घिमिरे नोब्स, पब्लिक च्वाइस अवार्ड अन्जलबाबु कट्टेल र साइपाल एकेडेमीले हात पारेका थिए । मेगा विजेता पाँच जना कलाकारहरुले गीत रेकर्डिङ, नगद पुरस्कार, ट्रफी, मेडल ,सर्टिफिकेट, गिफ्ट हाम्पर, साईपाल कलेज र ईन्साईट भिजन कलेजबाट २ लेभल शिक्षा तहमा सतप्रतिशत छात्रवृति र बाँकी की २१ जना ग्रान्ड फिनालिष्टहरुले पनि ट्रफी, मेडल, सर्टिफिकेट र गिफ्ट हाम्पर प्राप्त गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम संयोजक प्रशान्त दाहाल लगायतको सहकार्यमा सम्पन्न कार्यक्रमका जुरी सदस्यमा किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ संगीतकार राजु शिंह र क्लासिकल गायिका संगीता प्रधान रहेका थिए ।
प्रतिक्रिया