राजन भुजेलको गीत ‘मेरो जस्तो रगत छैन र ?’

काठमाडौं । गायक राजन भुजेल विश्वकर्माले सन्देशमुलक ‘मेरो जस्तो रगत छैन र ?’ बोलको गीतको भिडियो ल्याएका छन् । यस गीतमा भुजेल र गायिकारञ्जिता विकको स्वर रहेको छ भने राजनकै शब्द र संगीत रहेको छ । उक्त गीतको भिडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा जातिय कारण प्रेम असफल भएको र सानो जात भएर ज्यान गुमाउनुपरेको विषयलाई उठान गरिएको गायक भुजेलले बताए । साथै नवराज विकलगायत दलित समुदायका प्रेमीहरुले यातना भोग्नुपरेको विषय पनि उठान गरिएको उनले बताए ।

गीतको भिडियोमा सुनिल विकको निर्देशन, रोशन विश्वकर्माको सहनिर्देशन, बुद्ध थापाको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा देवेन्द्र बब्लु, जुना गुरुङ, गणेश उपाध्यायलगायतको अभिनय रहेको छ । गीतको भिडियो गलेश्वर म्युजिक प्रालिको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया