नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव तथा महाशिवरात्री वल्र्ड म्यूजिक फेस्टिभल हुने

काठमाडौं । नमस्ते सांस्कृति संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव तथा १८औँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५ आयोजना गर्ने भएको छ । काठमाडौंको प्रसिद्ध एलओडी क्लबमा बुधबार आयोजना हुने १८औँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५ को आयोजना हुने भएको हो ।

१८औँ महाशिवरात्री विश्व संगीत महोत्सव २०२५ का संयोजक ईश्वर गुरुङले (नमस्ते ब्याण्ड) कार्यक्रममा ५ हजारभन्दा बढीको सहभागिता हुने बताए । राजधानीको दरबारमार्ग आयोजित पत्रकार सम्मेलनमा गुरुङले काठमाडौं पोखरा र अन्य स्थानहरुमा समेत ऐतिहासिक सांगितिक कार्यक्रम हुने जानकारी गराए ।

नेपाल राष्ट्र (हिमालय) गोर्खाली नेपालीको चिनारी नेपाली पहिचान तथा नेपाली संगीत कला साहित्य , भाषा र संस्कृति पर्यटन प्रवर्द्धन संवर्द्धन तथा अन्तर्राष्ट्रिय संस्कृतिको आदन प्रदानका साथै संगीतकर्मीहरुको एकता एकता सदभाव मित्रता र भाइचारा बढाउन उद्देश्यले विगत ३५ वर्ष अगाडि नेपाली तथा जापानिज समुदायका सदस्यहरू मिलेर (नेपाल र जापान) मा सांगितिक टोली (नमस्ते ब्याण्ड) को स्थापना भएको थियो ।

यो ब्याण्ड यो वर्ष ३६औँ वर्षमा प्रवेश गरेको हो । विगत ३५ वर्षमा नमस्ते ब्याण्डले नेपालमा मात्रै नभएर विश्वमा नै एक अमिट छाप छोड्न सफल रहेको जनाउँदै जापानबाटै नेपालको पहिलो पटक गीति एल्बम सीडी (एकता) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ९जापानबाट० उत्पादन तथा बिक्री गरिएको जनाइएको छ ।

प्रतिक्रिया