नयाँ दिल्ली । भारतीय मोडल तथा अभिनेतृ उर्भशी रौटेलाको अभिनय रहेको फिल्म ‘डाकु महाराज’ गत जनावरीमा प्रदर्शनमा आयो । २१ फेब्रुअरीबाट फिल्म ओटीटीप्लाटफर्ममा सार्वजनिक भएको छ । यो फिल्मलाई लिएर उर्भशी चर्चामा छिन् ।
केही समयअघि फिल्ममा सानो भूमिका निर्वाह गरेका कारण सामाजिक सञ्जालमा उनको ट्रोल भएको थियो । अहिले उनको पारिश्रमिकलाई लिएर चर्चा भएको छ । उनको पारिश्रमिकको चर्चा भारतका विभिन्न मिडियाले गरेका छन् ।
फिल्ममा उनको स्क्रिन टाइम ३ मिनेट मात्रै छ । अर्थात् पूरा फिल्ममा उर्भशीलाई ३ मिनेट मात्रै देख्न पाइन्छ ।
भारतीय मिडियामा भएको चर्चाअनुसार उनले यस फिल्मका लागि ३ करोड भारु पारिश्रमिक बुझेकी छन् । अर्थात् उनले १ मिनेटका लागि १ करोड पारिश्रमिक लिएकी हुन् । भारतीय मिडिया इटी नाउले उनका उक्त मोटो रकम पारिश्रमिक बुझेको दाबी गरेको हो । उर्भशी र फिल्म निर्माण पक्षले भने यसबारेमा आधिकारिक रूपमा बोलका छैनन् ।
प्रतिक्रिया