काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको नयाँ नेतृत्व सहमतिबाट छान्ने प्रयास असफल भएको छ । नयाँ नेतृत्व चयनका लागि सहमति नजुटेपछि आज राती नै मतदान हुने भएको हो ।
निर्वाचन आयोगका अध्यक्ष बाबुराम थापाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज राति ११ बजेपछि मतदान हुनेछ । नयाँ नेतृत्वका लागि रेवन्त गौतम र भवानी दाहालको दाबी छ । दुई पक्षबिच सहमतिमा नेतृत्व चयन गर्ने कि निर्वाचनबाट भन्ने टुंगो नलाग्दा महाधिवेसन लम्बिएको छ ।
निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन फागुन ३० गतेदेखि १ गतेसम्मका लागि घोषणा गरिएको थियो । बबरमहलको कार्की ब्यांक्वेटमा सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज दिउँसो उम्मेदवारी दिएकाहरुको नामावली आजै प्रकाशन गरी राती १० बजेसम्म दावी विरोध र फिर्ताको समय दिइएको छ । राती ११ बजे अन्तिम नामावली प्रकाशन भइ आजै मतदान सुरु हुने कार्यतालिका छ ।
प्रतिक्रिया