‘दुःखी आत्मा’ आज रिलिज हुँदै

काठमाडौँ । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’ को बुकिङ खुल्ला भएको छ । यो फिल्मको देशका अधिकांश मल्टिप्लेक्सले बुकिङ खुलाएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएका फिल्मले मल्टिप्लेक्समा सुखद् सोज पाएको छ ।

फिल्मलाई क्युएफएक्स चेनले उपत्यकाका हलमा २४ सोज दिएको छ । यस्तै, बिग मुभिजले ३ सोज, वान सिनेमाज् नयाँ बानेश्वरमा ५ सोज, कालीमाटीमा ४ सोज, एफक्युब सिनेमाज्मा ५ सोज, आइएनआई नयाँ बानेश्वरमा ४ सोज मिलेको छ ।

काठमाडौँ बाहिर पनि यो फिल्मलाई सुखद् सोज मिलेको छ । जसकाकारण फिल्मले सुखद् ओपनिङ गर्ने अपेक्षा गरिएको छ । सामाजिक कथामा नयाँ नयाँ विषय पस्कन सफल मानिएका दीपेन्द्रको यो फिल्मले यौन समस्याका कारण १ पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ । हिमाल कडरियाको निर्माणमा सुदीप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया