सरकारी वकिलले उन्मुक्तिपछि एमाले सांसद शर्मामाथि मानवअधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौँ । बालिका बन्धक बनाएको कसुरमा नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मामाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य शर्मामाथि स्वविवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान सुरु गरिएको जानकारी दिएका हुन् ।

आयोगले उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पत्राचार गरी नेपाल प्रहरीले पेस गरेको रायसहितको प्रतिवेदन ७ दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको पनि जानकारी गराएको छ ।

६ वर्षदेखि गृह जिल्लाकै बालिकालाई बन्धक बनाई श्रम शोषण गरेको आरोप लागेकी सांसद शर्मालाई गत माघ २८ गते सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया