काठमाडौँ । पछिल्लो समयकी लोकप्रिय गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध टुंग्याएकी छन् । लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक बन्धनमा जोडिएका एलिना र विष्णुको सम्बन्ध अदालती प्रक्रियायाबाट अन्त्य गरेकी हुन् । विगतदेखि नै सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको यी २ जोडीको प्रेम भावदेखि वैवाहिक सम्बन्ध पछिल्लो समय टुंगिएको हो ।
गायिका एलिनाले मंगलबार अदालती प्रक्रियाबाट सम्बन्ध टुंगिएसँगै आफू र पूर्वपति विष्णुलाई स्वतन्त्र भएर कानुनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताइन् । उनले जीवनमा नसोचोको कुरा भेग्नुपर्ने कठिनाई घडीको सुईले कति बेला बाटो बदल्छ भन्ने पनि पत्तो नहुने महसुस भएको बताइन् । एलिनाले भनिन्, ‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्, उहाँको हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् ।’
यसै वर्ष गत वैशाखमा धुमधामसँग विवाह गरेका यी जोडीलाई त्यति बेला धेरै कलाकारहरू र शुभचिन्तकहरूले निर्धक्कसँग शुभकामना दिएका थिए । तर, यति छिट्टै वैवाहिक सम्बन्ध अन्त्य हुँदा सबै आश्चर्य र दुःखी भएका छन् । गायिका एलिना झापाकी हुन् भने विष्णु बागलुङका हुन् । तर, विष्णु अस्ट्रेलिया बस्दै आएका छन् ।
यही सम्बन्धविच्छेदको प्रसंगमा एलिनाले जिन्दगीमा ठूलो ठक्कर खाएको बताइन् । साथै, उनले अल्पायुमै पूर्णविराम लागेको समेत उल्लेख गरिन् । एलिना र विष्णुको सम्बन्धविच्छेदको मुद्दा काठमाडौँ जिल्ला अदालतले टुंग्याएको हो ।
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया